Skip to content
शहीद मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी सेवा छोडेर आन्दोलनमा
newsGlobal.tech
·1 min read
Read in

शहीद मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी सेवा छोडेर आन्दोलनमा

News Summary Generated by OK AI. Editorially reviewed. काठमाडौंको कलंकीस्थित शहीद मेमोरियल अस्पतालका ४० स्वास्थ्यकर्मी उचित पारिश्रमिक नपाएको भन्दै आकस्मिक बाहेकका सेवा छोडेर आन्दोलनमा उत्रिएका छन्। १ जेठ, काठमाडौं । काठमाडौंको कलंकीस्थित शहीद मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् । शुक्रबारदेखि उनीहरू आकस्मिक बाहेकका सेवा छोडेर आन्दोलनमा उत्रिएका हुन्। श्रम शोषणमा परेपछि आन्दोलनमा उत्रिनुपरेको उनीहरूको भनाइ छ । नर्सलाई उचित पारिश्रमिक देऊ, श्रम शोषण गर्न पाइँदैन भन्ने लगायतका पर्चा बोकेर स्वास्थ्यकर्मीहरू अस्पताल परिसरमा धर्ना दिएका छन् । हेल्थ असिस्टेन्ट अविराज शाहीका अनुसार नर्स, हेल्थ असिस्टेन्ट लगायतका स्वास्थ्यकर्मीले मासिक १९ हजार मात्रै पारिश्रमिक पाउँदै आएका छन् । ‘हामीले पटक–पटक अस्पताल प्रशासनलाई सरकारले तोकेको तलब दिन अनुरोध गर्‍यौं’ शाहीले भने, ‘तर हाम्रो माग उहाँहरूले कुनै सुनुवाइ नै गर्नुभएन ।’ अस्पतालका ४० जना स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । बिहीबार मात्रै माग पूरा नभएर ड्युटी गर्न असमर्थक रहेको भन्दै अस्पताल प्रशासनलाई पत्र दिएका थिए । ‘लामो समयदेखि तलब र अन्य सेवा सुविधासम्बन्धी माग राख्दै आएका छौं, तर हालसम्म मागप्रति कुनै ठोस निर्णय हुन सकेको छैन ’ पत्रमा भनिएको छ । माग पूरा नहुँदासम्म ड्युटीमा उपस्थित हुन नसक्ने अडान उनीहरूले राखेका छन् । निजी स्वास्थ्य संस्थामा श्रम शोषण भएको भन्दै स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएपछि सरकारले स्टाफ नर्सलाई कम्तीमा पनि मासिक ३४ हजार ७०० पारिश्रमिक दिन निर्देशन दिइएको छ । तर कतिपय अस्पतालले त्यसलाई कार्यावन्यन गर्न अटेर गरेका छन् ।

No ads found for this position

No ads found for this position