Skip to content
एसियाली पारा तेक्वान्दोमा पलेशाले नेपाललाई दिलाइन् कास्यपदक
Sports
Sports·1 min read
Read in

एसियाली पारा तेक्वान्दोमा पलेशाले नेपाललाई दिलाइन् कास्यपदक

काठमाडौँ । नेपालकी पलेशा गोवर्द्धनले ११औँ एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सोमबार कास्यपदक जितेकी छन् ।

मङ्गोलियाको उलानबटारमा भएको प्रतियोगिताको के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले कास्यपदक जितेकी हुन् । पहिलो चरणमा बाइ पाउँदै पलेशा सोझै सेमिफाइनलमा प्रवेश गरेकी थिइन् । सेमिफाइनलमा पलेशा इरानकी जहरा रहिमीसँग पराजित भएपछि कास्यमा सीमित भएको टोली प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए ।

के–४४ क्याटगोरीअन्तर्गत पुरुष ६३ केजीमुनि अमिर ब्लोन र महिला ४७ केजीमुनि रेणु तामाङ पहिलो चरणमै पराजित भए । दुवै इरानी खेलाडीसँग चुके ।

अब अमीर र रेणु उलानबटारमै मङ्गलबारदेखि हुने आइची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट प्रतियोगितामा सहभागी हुनेछन् । विजेता र उपविजेता एसियाली पारा तेक्वान्दोका लागि छनोट हुनेछन् ।

पलेशा भने छनोट प्रतियोगतामा सहभागी हुने छैनन् । पलेशा विश्वर्‍याङ्किङका आधारमा एसियाली पारा तेक्वान्दोका लागि छनोट भइसकेकी छन् ।

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

Bakhundole, Lalitpur01-5010630, 01-5010671[email protected][email protected][email protected][email protected]

© 2026 Copyright Ratopati News Network | All rights reserved.

स्रोतहरू खुलाइएका बाहेक रातोपाटीमा प्रकाशित सम्पूर्ण सामग्रीहरू रातोपाटी न्युज

नेटवर्कका सम्पत्ति हुन् ।