Skip to content
प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथि संसदीय सुनुवाइ सुरु हुँदै
newsGlobal.tech
·1 min read
Read in

प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथि संसदीय सुनुवाइ सुरु हुँदै

५ जेठ, काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज कुमार शर्मामाथि संसदीय सुनुवाइ आजबाट सुरु हुँदैछ । त्यसका लागि आज बिहान ८ बजे संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ ।

विधायन व्यवस्थापन समितिको सभाकक्षमा बस्ने बैठकमा डा. शर्मा उपर परेका उजुरी खोल्ने र कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको समितिकी उपसचिव सावित्रा शर्माले जानकारी दिइन् । उनीमाथि सात उजुरी परेको स्रोतले जनाएको छ ।

२४ वैशाखमा बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका चौथो वरियताका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

संसदीय सुनुवाइको प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने कानुनी व्यवस्था छ ।

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित