Skip to content
MP Gurupasad Baral demanded to increase tax on tobacco products to control consumption, citing high addiction rates and deaths in Nepal.
Politics
Politics·1 min read
Read in

MP Gurupasad Baral demanded to increase tax on tobacco products to control consumption, citing high addiction rates and deaths in Nepal.

काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले सुर्तीजन्य पदार्थमा करको दर वृद्धि गर्न सरकारसँग माग गरेका छन्।

नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट आक्रान्त भएका मानिसहरूको सङ्ख्या बढ्दै गएको उल्लेख गर्दै उनले त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले करको दर बढाउनुपर्ने बताएका हुन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा शून्य समय लिएर बोल्दै सांसद बरालले भारत र बंगलादेशमा पनि त्यस्ता वस्तुको करको दरमा व्यापक वृद्धि गरिएको उल्लेख गर्दै नेपालले पनि कर बढाउन आवश्यक रहेको तर्क गरे।

बैठकमा बोल्दै सांसद बरालले भने, ‘सुर्तीजन्य पदार्थबाट आक्रान्त भएका जनता नेपालमा ८५ लाखभन्दा बढी छन्। १४ देखि २४ वर्ष उमेर समूहका स्कुल र कलेजमा पढिरहेका युवा विद्यार्थीहरू मात्रै करिब ८ लाख यो लतमा फसेका छन् सभामुख महोदय। करिब ३९ हजार नागरिकहरू सुर्तीजन्य पदार्थबाट वार्षिक मृत्युवरण गरिरहेका छन्। यसलाई न्यूनीकरण गर्ने अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्दा सुर्तीजन्य पदार्थको करको दर वृद्धि गरी नियन्त्रण गराउनुपर्ने देखिन्छ। डब्लूएचओले कर वृद्धि गरेर भए पनि सुर्तीजन्य वस्तुको सेवन नियन्त्रण गर्न अनुरोध गरेको छ। भारतमा ५८ र बंगलादेशमा ७३ प्रतिशत यो कर लाग्ने गरेको छ। नेपालमा भने मात्रै ४० प्रतिशत छ। त्यस अर्थमा यसलाई नियन्त्रण गर्न सुर्तीजन्य पदार्थमा करको दर वृद्धि गरियोस्।’

सांसद बरालले सरकारले सुर्तीजन्य पदार्थको सेवनलाई नियन्त्रण गर्न करको दर बढाउने कुरा नै सबैभन्दा प्रभावकारी कदम हुने समेत स्पष्ट पारेका छन्।

Bakhundole, Lalitpur01-5010630, 01-5010671[email protected][email protected][email protected][email protected]

© 2026 Copyright Ratopati News Network | All rights reserved.

स्रोतहरू खुलाइएका बाहेक रातोपाटीमा प्रकाशित सम्पूर्ण सामग्रीहरू रातोपाटी न्युज

नेटवर्कका सम्पत्ति हुन् ।