यस्तो छ आजकाे लागि विदेशी मुद्राको विनिमय दर
काठमाडाैँ । नेपाल राष्ट्र बैङ्कले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ १० पैसा र बिक्रीदर ११० रुपैयाँ ५४ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ २४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५ पैसा कायम गरिएको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
Bakhundole, Lalitpur01-5010630, 01-5010671[email protected][email protected][email protected][email protected]
© 2026 Copyright Ratopati News Network | All rights reserved.
स्रोतहरू खुलाइएका बाहेक रातोपाटीमा प्रकाशित सम्पूर्ण सामग्रीहरू रातोपाटी न्युज
नेटवर्कका सम्पत्ति हुन् ।