Skip to content
अमेरिका-इजरायलसँगको युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
newsGlobal.tech
·1 min read
Read in

अमेरिका-इजरायलसँगको युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति

युद्धकै क्रममा १२ हजारभन्दा बढी सवारी साधन पनि नष्ट भएको समाचारमा आएको छ ।

३ जेठ, काठमाडौं । पछिल्लो युद्धका क्रममा अमेरिका र इजरायलले हमलामा इरानको राजधानी तेहरानका ५१ हजार घर तथा भवनमा क्षति पुगेको समाचार बाहिरिएको छ । बीबीसीका अनुसार तेहरानको संकट व्यवस्थापनमा काम गर्नै एक संगठनले युद्धका क्रममा क्षति पुगेका घर तथा भवनको संख्या ५१ हजार नाघेको हो ।

ती भवनमध्ये ६९१ वटामा मर्मतको आवश्यकता छ भने एक हजार ७९१ वटा संरचना पूर्ण रूपमा ध्वस्त भएका छन् । समाचार अनुसार न्यायिक विशेषज्ञले क्षतिको विवरण संकलन गरिरहेका छन् ।

यस्तै युद्धकै क्रममा १२ हजारभन्दा बढी सवारी साधन पनि नष्ट भएको समाचारमा आएको छ ।

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित