Skip to content
होर्मुज जलमार्ग खुलाउन चीनले प्रस्ताव गरेको ट्रम्पको दाबी
newsGlobal.tech
·1 min read
Read in

होर्मुज जलमार्ग खुलाउन चीनले प्रस्ताव गरेको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले होर्मुज जलमार्ग खुलाउन चीनले प्रस्ताव गरेको दाबी गरेका छन्। यद्यपि चीनले यसको पुष्टि गरेको छैन।

ट्रम्पको चीन भ्रमण अन्तिम दिनमा प्रवेश गर्दा दुवै पक्षले भ्रमणका क्रममा हालसम्म भएका कुराबारे भिन्दाभिन्दै भाष्य सार्वजनिक गरेका छन्।

डोनल्ड ट्रम्पको भव्य स्वागत र उनीसँग राष्ट्रपति सी जिन्पिङले गरेको वार्तापछि चिनियाँ सरकारी सञ्चारमाध्यमले ताइवान मुद्दाले दुई देशलाई द्वन्द्वमा तान्न सक्ने चेतावनी दिएको उल्लेख गरेका छन्।

त्यसपछि ट्रम्पले इरान युद्धसँगै हाल बन्द रहेको होर्मुज जलमार्ग खुला गराउने सहमतिका लागि सहयोग गर्ने प्रस्ताव सीले गरेका ट्रम्पले फक्स न्यूजलाई बताए।

"त्यति धेरै मात्रामा उनीहरूसँग तेल खरिद गर्नेको निश्चित रूपमा विशेष सम्बन्ध होला, तर उहाँ [सी] ले 'म कुनै प्रकारको सहयोग गर्न सके खुशी हुने छु' भनेर भन्नुभयो। उहाँ होर्मुज जलमार्ग खुला भएको देख्न चाहनुहुन्छ," ट्रम्पले भने।

बोइङका २०० वटा हवाईजहाजहरू खरिद गर्न पनि चीन सहमत भएको ट्रम्पको दाबी छ।

तर बोइङ र होर्मुज जलमार्गका सम्बन्धमा चीन मौन रहेको छ। चीनले गर्ने भनिएको जहाज खरिदलाई ट्रम्पले एउटा प्रतिबद्धताका रूपमा अर्थ्याएका छन्।