Skip to content
मनोजकुमार शर्मा: 'फास्ट ट्र्याक' बाट टुङ्गियो संसदीय सुनुवाइ, प्रधानन्यायाधीशमा 'सर्वसम्मति'
newsGlobal.tech
·1 min read
Read in

मनोजकुमार शर्मा: 'फास्ट ट्र्याक' बाट टुङ्गियो संसदीय सुनुवाइ, प्रधानन्यायाधीशमा 'सर्वसम्मति'

सङ्घीय संसद्को संयुक्त समितिका सांसदहरूको प्रश्नको उत्तर दिएपछि समितिले प्रधानन्यायाधीशमा मनोजकुमार शर्माको नाम अनुमोदन गरेको छ।

संवैधानिक परिषद्‌ले भावी प्रधानन्यायाधीशमा सिफारिस गरेसँगै तीव्र बहसको केन्द्रमा परेका मनोजकुमार शर्माको नाम सङ्घीय संसद्ले अनुमोदन गरेको छ।

परिषद्ले उनीभन्दा वरिष्ठ तीन न्यायाधीशहरूलाई छाडेर चौथो नम्बरमा रहेका शर्माको नाम सिफारिस गरेको थियो।

सङ्घीय संसद्को संयुक्त सदनको सुनुवाइ समितिले शर्माको नाम अनुमोदन गरेको हो। समितिका सदस्य आनन्दप्रसाद ढुङ्गानाका अनुसार सर्वसम्मतिमा उक्त निर्णय भएको हो।

"एमाले र नेकपाका सांसदहरू पनि हुनुहुन्थ्यो, अनुमोदनमा हुन्न भन्ने कसैले नभनेपछि सर्वसम्मत निर्णय भएको हो," ढुङ्गानाले भने, "अब राष्ट्रपति कार्यालयमा पठाउँदै छौँ।"

आफूसँगै न्यायाधीश नियुक्त भए पनि वरिष्ठताक्रममा आफूभन्दा अगाडि रहेका हरि फुयाल मात्र नभई त्यसअघि न्यायाधीश बनिसकेका सपना प्रधान मल्ल र कुमार रेग्मीलाई पछि पार्दै शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका थिए।

समितिले नाम अनुमोदन गरिसकेकाले राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई मङ्गलवार नै प्रधानन्याधीश नियुक्त गर्ने र सम्भवतः मङ्गलवार नै शपथ ग्रहण हुन सक्ने ठानिएको छ।