Skip to content
प्रस्तावित प्रधान न्यायाधीशविरुद्ध उजुरी दिएकासँग छलफल गर्ने बेला मिडियालाई नराखिने
newsGlobal.tech
·1 min read
Read in

प्रस्तावित प्रधान न्यायाधीशविरुद्ध उजुरी दिएकासँग छलफल गर्ने बेला मिडियालाई नराखिने

काठमाडौँ । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध परेका उजुरी खोल्ने बेलामा र उजुरी दिनेहरूसँग छलफल गर्ने बेलामा मिडियालाई बाहिर निकालिने भएको छ ।

संसदीय सुनुवाइ समिति सभापति बोधनारायण श्रेष्ठले उजुरी खोल्दा र उनीहरूसँग छलफल गर्दा गोपनीयता कायम गरिने बताए । उजुरीकर्ताको सुरक्षाका लागि पनि गोपनीयता कायम गरिने उनको भनाइ थियो ।

समितिले उजुरी आह्वान गर्दा शर्माविरुद्ध १६ उजुरी परेका छन् । समितिको बैठकमा ती उजुरीबारे अध्ययन गर्ने र उजुरी कर्तासँग छलफल गर्न लागिएको छ । अहिले बैठक १५ मिनेटलाई स्थगित गरिएको छ । त्यसपछि उजुरी खोल्ने र उजुरी कर्तासँग छलफल गर्ने कार्यसूची रहेको सभापति श्रेष्ठले बताए ।

Bakhundole, Lalitpur01-5010630, 01-5010671[email protected][email protected][email protected][email protected]

© 2026 Copyright Ratopati News Network | All rights reserved.

स्रोतहरू खुलाइएका बाहेक रातोपाटीमा प्रकाशित सम्पूर्ण सामग्रीहरू रातोपाटी न्युज

नेटवर्कका सम्पत्ति हुन् ।