Skip to content
अध्यादेश जारी भएसँगै राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरू पदमुक्त
Politics
Politics·1 min read
Read in

अध्यादेश जारी भएसँगै राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरू पदमुक्त

काठमाडौँ । सरकारले ल्याएको नयाँ अध्यादेशका कारण राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पदाधिकारीहरू पदमुक्त भएका छन्।

सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३ को दफा २ को उपदफा १ बमोजिम उनीहरू स्वतः पदमुक्त भएका हुन्।

युवा तथा खेलकुद मन्त्रालय र मन्त्रालयको सिफारिसमा नेपाल सरकार मन्त्रिपरिषद्‍बाट नियुक्त भएका राखेपका पदाधिकारीहरू पदमुक्त भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यो कानुनी व्यवस्था यही २०८३ साल वैशाख १९ गतेदेखि नै लागू हुने गरी कार्यान्वयनमा आएको हो।

नयाँ अध्यादेशको व्यवस्थाले खेलकुद क्षेत्रको नेतृत्वमा रहेका निश्चित पदाधिकारीहरूको पद स्वतः रिक्त गराइदिएको छ। यसअघि विभिन्न समयमा मन्त्रिपरिषद्‍ र खेलकुद मन्त्रालयको निर्णयबाट राखेपमा भित्रिएका पदाधिकारीहरू यो व्यवस्थापछि एकैसाथ जिम्मेवारीबाट बाहिरिएका छन्।

मन्त्रालयले यो निर्णय र कानुनी व्यवस्थाका बारेमा सम्बन्धित सबै पक्षलाई औपचारिक रूपमा जानकारी गराउन सूचनासमेत प्रकाशन गरिसकेको छ।

Bakhundole, Lalitpur01-5010630, 01-5010671[email protected][email protected][email protected][email protected]

© 2026 Copyright Ratopati News Network | All rights reserved.

स्रोतहरू खुलाइएका बाहेक रातोपाटीमा प्रकाशित सम्पूर्ण सामग्रीहरू रातोपाटी न्युज

नेटवर्कका सम्पत्ति हुन् ।