रिट निवेदन दर्ता हुन नसकेको विरोधमा कानुन व्यवसायीहरूले लालटिन बालेर विरोध गर्ने
केहीबेरअघि सम्पन्न नेपाल बार एसोसिसनको कार्यसमितिको बैठकले अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने परिस्थिति निर्माण भएको भन्दै त्यसको विरोधमा लालटिन बाल्ने निर्णय गरेको हो ।
४ जेठ, काठमाडौं । सर्वोच्च अदालतमा विकसित घटनाक्रमप्रति सांकेतिक विरोध गर्दै कानुन व्यवसायीहरूले लालटिन बाल्ने भएका छन् ।
केहीबेरअघि सम्पन्न नेपाल बार एसोसिसनको कार्यसमितिको बैठकले अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने परिस्थिति निर्माण भएको भन्दै त्यसको विरोधमा लालटिन बाल्ने निर्णय गरेको हो ।
नेपाल बारका अध्यक्ष डा विजयप्रसाद मिश्रका अनुसार सत्य र न्यायको खोजीका लागि मंगलबार दिउँसो १ बजे नेपाल बारको कार्यालय प्राङ्गणमा लालटिन बालिनेछ ।
उनले भने, अदालतमा न्यायको खोजी गर्न जाँदा रिट र मुद्दा नै दर्ता हुँदैनन् भने जनताले कहाँ न्याय पाउने ? न्याय खोज्न कहाँ जाने ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित