Skip to content
नेकपा एमाले : विद्या भण्डारीको पुनरागमनले केपी शर्मा ओलीको बहिर्गमन टर्ला?
newsGlobal.tech
·1 min read
Read in

नेकपा एमाले : विद्या भण्डारीको पुनरागमनले केपी शर्मा ओलीको बहिर्गमन टर्ला?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पदत्याग गराउन उनीसँग निकट मानिने उपाध्यक्ष विष्णु पौडेल पनि लागेको चर्चा चलिरहेको छ।

पौडेलले सार्वजनिक रूपमा कुनै टिप्पणी गरेका छैनन्। बीबीसीसँगको सङ्क्षिप्त कुराकानीमा पनि उनी त्यसबारे खुल्न चाहेनन्। "यो विषयमा म तपाईँसँग पछि कुरा गर्छु नि," उनले बने।

पार्टी नेतृत्व परिवर्तनका निम्ति पौडेल र महासचिव शङ्कर पोखरेलबीच सहमति भइसकेको खबर सञ्चारमाध्यममा आएको छ।

सार्वजनिक रूपमा जोडदार ढङ्गले ओली र तात्कालिक सरकारको प्रतिरक्षा गर्दै आएका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ पनि अब ओलीलाई पार्टी नेतृत्वमा राखिरहन नसक्ने निष्कर्षमा पुगेको बताइएको छ।

पोखराको एउटा आन्तरिक कार्यक्रममा उनले मुख खोलेको भन्नेबारे बीबीसीको जिज्ञासामा केही दिनअघि नेता गुरुङले आफूले सार्वजनिक रूपमा त्यस्तो टिप्पणी नगरेको बताउँदै भनेका थिए, "समयको माग हो भन्ने लागिरहेको छ। तर अनुहार मात्र फेरेर केही हुनेवाला छैन, सङ्गठनको स्वरूपदेखि हाम्रो कार्यशैली लगायतसम्म समग्र विषय छन्।"

महाधिवेशनमा ती तीनै नेताहरू ओलीका 'सारथि' थिए। ईश्वर पोखरेल र सुरेन्द्र पाण्डे लगायतका नेताहरूले महाधिवेशनमा छुट्टै प्यानल बनाएरै ओलीलाई रोक्ने प्रयास गरेका थिए।

पार्टी सदस्यता रोकिएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि ओलीले नेतृत्व छाड्नुपर्ने धारणा खुला रूपमै व्यक्त गरेकी थिइन्।

आफ्नै विश्वासपात्रहरूले छाड्ने सङ्केत पाएपछि अध्यक्ष ओली पार्टीमा उनै पूर्वराष्ट्रपति भण्डारीको पुनरागमनको निम्ति तयार भएको चर्चा तीव्र बनेको छ।