Skip to content
१२ बजे १२ समाचार: एमालेको निर्णयले विद्या उत्साहित, राष्ट्रपति र प्रधानमन्त्रीबिचको सम्बन्धमा दरार !
newsGlobal.tech
·1 min read
Read in

१२ बजे १२ समाचार: एमालेको निर्णयले विद्या उत्साहित, राष्ट्रपति र प्रधानमन्त्रीबिचको सम्बन्धमा दरार !

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

नेकपा (एमाले) को सचिवालय बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेसँगै उनी उत्साहित देखिएकी छन् ।पूर्व राष्ट्रपतिको सचिवालयले एमालेको निर्णयलाई ‘माग अनुसारको र सकारात्मक’ कदमका रूपमा चित्रण गर्दै भण्डारी उत्साहित रहेको जनाएको छ । एमालेको यो निर्णयले आगामी दिनमा पार्टी र देशका लागि राम्रो परिणाम दिने भण्डारीका स्वकीय सचिव राजकुमार राईले सोमबार राति रातोपाटीलाई प्रतिक्रिया दिएका छन् ।

नेपाल बार एशोसिएशनले अदालतमा विचाराधीन विषयमा संसदमा छलफल गर्न नहुने संवैधानिक व्यवस्थाका बाबजुद प्रतिनिधि सभामा टिप्पणी भएको भन्दै मंगलबार आफ्नो प्राङ्गणमा लालटिन बालेर विरोधसहित न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजी गर्ने भएको छ ।

कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लले सोमबार दिएको एक आदेशलाई लिएर संसदमा प्रश्न उठेको छ । संवैधानिक परिषदबाट प्रधान न्यायाधीशमा गरिएको सिफारिसमा प्रश्न उठाउँदै पेस गरिएका रिट निवेदन दरपिठ भएको थियो । दरपिठविरुद्ध दर्ता गरिएको निवेदन अघि नबढाएपछि कामु प्रधान न्यायाधीश मल्लले सोमबार निवेदन दर्ता गरेर पेसी तोक्न आदेश दिएकी थिइन् । उनको सोही आदेशबारे प्रतिनिधि सभा बैठकमा सत्ता पक्षका सांसदले आपत्ति जनाएका हुन् ।

४. राष्ट्रपति र प्रधानमन्त्रीबिचको सम्बन्धमा दरार !

प्रचलित अभ्यास र परम्परा अनुसार राष्ट्रपति र प्रधानमन्त्रीबिचको सम्बन्ध परिपूरक हुनुपर्छ । किनभने परिपूरक सम्बन्धले विश्वास अभिवृद्धि गर्छ र राज्य सञ्चालनमा सहज वातावरण निर्माण हुन्छ । यसको विपरीत राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहबिचको सम्बन्ध औपचारिकतामा मात्र सीमित छ ।