Skip to content
महावु लेकमा कालिकोट र दैलेखका ६ पालिकाबिच ‘विकास बहस’: यस्ता छन् साझा प्रतिबद्धता
newsGlobal.tech
·1 min read
Read in

महावु लेकमा कालिकोट र दैलेखका ६ पालिकाबिच ‘विकास बहस’: यस्ता छन् साझा प्रतिबद्धता

सुर्खेत । दैलेख र कालिकोटका ६ वटा स्थानीय तहबिच सबैभन्दा उचाइमा पर्ने महावु लेकमा ‘विकास बहस’ सम्पन्न भएको छ ।

दैलेखको महावु गाउँपालिका र कालिकोटको महावै गाउँपालिकाको सिमानामा पर्ने महावु लेक कर्णाली प्रदेशकै एक प्रमुख पर्यटकीय क्षेत्र हो । महावुकै नामबाट दुई वटा स्थानीय तहको नामकरण गरिएको छ । सोही स्थानमा आइतबार दुई जिल्लाका ६ स्थानीय तहबिच विकासका साझा मुद्दामा केन्द्रित रहेर ‘विकास बहस’ आयोजना भएको हो ।

बहसमा दैलेखका महावु गाउँपालिका र नौमुले गाउँपालिकाका अध्यक्षहरू तथा नारायण नगरपालिकाका प्रमुखको सहभागिता थियो । यस्तै, कालिकोटबाट महावै गाउँपालिकाका अध्यक्ष तथा खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिकाका जनप्रतिनिधिहरूको सहभागिता थियो ।

उक्त कार्यक्रममा यी पालिकाहरूको कार्यक्षेत्रभित्र पर्ने साना–ठुला विकास आयोजनाहरूको विषयमा व्यापक छलफल भएको कार्यक्रमकी प्रमुख अतिथि एवं कर्णाली प्रदेश सभाकी उपसभामुख यशोदा न्यौपानेले जानकारी दिए ।

विकास बहसपछि ६ बुँदे साझा प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।

१. संघीय सडक अन्तर्गत लुम्बिनी प्रदेशको बाँके जिल्ला (जमुनाह–कोहलपुर) हुँदै सुर्खेत–दैलेख–महावु लेक भएर कालिकोटको नाग्म र मुगुदेखि हुम्लाको नाक्चेलाग्लासम्मको त्रिदेशीय बहुवर्षीय योजना कार्यान्वयनमा छ । हाल जमुनाहदेखि दैलेखको महावु लेकसम्म र नाग्मदेखि मुगुसम्म सडक सञ्चालनमा रहे पनि महावु लेकदेखि नाग्मसम्मको खण्डमा ट्र्याक खुल्न बाँकी छ । यस सडकखण्डबाट लाभान्वित हुने दैलेखको नारायण नगरपालिका, नौमुले गाउँपालिका, महावु गाउँपालिका र कालिकोटको महावै गाउँपालिका, तिलागुफा नगरपालिका एवं खाँडाचक्र नगरपालिकाका जनप्रतिनिधिहरूको समन्वय बैठकबाट सो सडकको ट्र्याक खुलाई स्तरोन्नतिका लागि संघीय सरकारसँग आवश्यक बजेट व्यवस्थापनको माग गर्ने निर्णय गरियो ।

२. कर्णाली प्रदेशमा रहेका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रहरूमध्ये कालिकोट र दैलेख जिल्लाको सिमानामा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल महावै धामको विकास र प्रवद्र्धनका लागि भौगोलिक विकटतालाई मध्यनजर गर्दै आवश्यक पूर्वाधार निर्माणका लागि बजेट माग गर्ने निर्णय ।

३. दैलेख र कालिकोट जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण, अन्तरजिल्ला चोरी–निकासी नियन्त्रण, विपद् व्यवस्थापन र विकास निर्माणका विषयमा प्रभावकारी सञ्चार, समन्वय र सहजीकरण गर्ने निर्णय ।

४. महावु धामको विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी पर्यटन पूर्वाधार विकासका लागि बैठकमा सहभागी स्थानीय तहहरूले सह–लगानीमा निर्माण कार्य अगाडि बढाउने निर्णय ।