Ratopati is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news f…
तेल अभिभ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उत्तरी क्षेत्रमा सुरक्षा जोखिम बढेपछि माथिल्लो ग्यालिलीमा रहेको मेरोन पहाडमा 'लाग ओमर पर्व'का अवसरमा हुने ठुलो धार्मिक समारोह रद्द गर्ने निर्णय गरेका छन् ।
हरेक वर्ष हजारौँ श्रद्धालुहरू यहाँ भेला हुने गर्दछन् । तर दक्षिणी लेबनानबाट भइरहेका नयाँ प्रतिआक्रमणहरूका कारण सुरक्षा चिन्ता बढेको हो ।
इरानी सरकारी सञ्चारमाध्यम प्रेस टीभीका अनुसार उत्तरी क्षेत्रमा सुरक्षा निकायले नयाँ प्रतिबन्धहरू लागु गरेपछि यो निर्णय लिइएको हो ।
प्रधानमन्त्रीको कार्यालयले जारी गरेको वक्तव्यमा सीमावर्ती क्षेत्रमा बढ्दो रकेट आक्रमण, कमजोर युद्धविराम अवस्था, र ठुलो भिडलाई आपतकालीन अवस्थामा सुरक्षित रूपमा हटाउन कठिन हुने कारण देखाइएको छ ।
मेरोन पहाड लेबनानको सीमासँग नजिक भएको अनि लेबनानी आक्रमण जारी रहेकोले ठुलो संख्यामा भेला हुनेहरूलाई सुरक्षित स्थानमा सार्न कठिन हुने भएकोले कार्यक्रम रद्द गरिएको नेतान्याहुको कार्यालयले एउटा विज्ञप्तिमा भनेको छ ।
Bakhundole, Lalitpur01-5010630, 01-5010671[email protected][email protected][email protected][email protected]
© 2026 Copyright Ratopati News Network | All rights reserved.
स्रोतहरू खुलाइएका बाहेक रातोपाटीमा प्रकाशित सम्पूर्ण सामग्रीहरू रातोपाटी न्युज
नेटवर्कका सम्पत्ति हुन् ।