Politics
Read in
Kathmandu police have arrested Upendra Shahi from Kalikot on charges of threatening a high-ranking official at the Ministry of Water Supp…
काठमाडौँ । खानेपानी मन्त्रालय (हाल पूर्वाधार विकास) का कर्मचारीलाई धम्क्याएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोट घर भएका उपेन्द्र शाही छन् ।
उनलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । केही समय अगाडि उनले सो मन्त्रालयको उच्च अधिकृतलाई धम्की दिएको आरोप छ ।
त्यसबारे जाहेरी आउन बाँकी रहेको र घटनाबारे अनुसन्धान भइरहेको एसपी भट्टराईले बताए । आरोपीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो ।
Bakhundole, Lalitpur01-5010630, 01-5010671[email protected][email protected][email protected][email protected]
© 2026 Copyright Ratopati News Network | All rights reserved.
स्रोतहरू खुलाइएका बाहेक रातोपाटीमा प्रकाशित सम्पूर्ण सामग्रीहरू रातोपाटी न्युज
नेटवर्कका सम्पत्ति हुन् ।