newsGlobal.tech
·1 min read
Read in
'लाली बजार' चलचित्र प्रदर्शन नगर्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश
वादी समुदायको तर्फबाट रोशनी नेपालीले चलचित्र प्रदर्शन रोक्न माग गर्दै रिट दायर गरेकी थिइन् ।
काठमाडौं — 'लाली बजार' चलचित्र प्रदर्शन रोक्न माग गर्दै दायर भएको रिटमा उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश प्रकाश ढुंङ्गानाको एकल इजलासले कारण देखाउ आदेशसहित अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।