Skip to content
फेरि नेपाल आउँदै अमेरिकी उच्च अधिकारी
Politics
Politics·1 min read
Read in

फेरि नेपाल आउँदै अमेरिकी उच्च अधिकारी

१३ चैतमा वालेन्द्र शाह नेतृत्वको सरकार गठनपछि काठमाडौं भ्रमण गर्ने उनी अहिलेसम्मकै सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुनेछिन् ।

काठमाडौँ — सरकार गठनको करिब दुई महिना पुग्न लाग्दा अर्का एक उच्चस्तरीय अमेरिकी अधिकारीले नेपाल भ्रमण गर्ने भएका छन् । अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्स तीनदिने भ्रमणका लागि १६ जेठमा नेपाल आउन लागेकी हुन् । १३ चैतमा वालेन्द्र शाह नेतृत्वको सरकार गठनपछि काठमाडौं भ्रमण गर्ने उनी अहिलेसम्मकै सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुनेछिन् ।