newsGlobal.tech
·1 min read
Read in
संसद् छलेर अध्यादेश ल्याएको भन्दै नेकपाको आपत्ति
१५ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफैँले आह्वान गरेको संसद् अधिवेशन स्थगित गरेर अध्यादेश मार्फत शासन चलाउन खोज्नु गैर-लोकतान्त्रिक भएको भन्दै आपत्ति जनाएको छ ।
नेकपा कार्यसंयोजन समितिको बैठकले तत्काल संसद् अधिवेशन आह्वान गर्न र शिक्षा तथा निजामती ऐन जस्ता महत्त्वपूर्ण कानुन निर्माणमा सरोकारवालाको आवाज सम्बोधन गर्न माग गरेको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले संवैधानिक र सहकारी सम्बन्धी दुईटा अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित