Skip to content
डोनल्ड ट्रम्प : अमेरिकी राष्ट्रपति सहभागी रात्रीभोजस्थलमा गोली चलाउने संदिग्ध व्यक्तिबारे हामीलाई के थाहा छ?
Politics
Politics·1 min read
Read in

डोनल्ड ट्रम्प : अमेरिकी राष्ट्रपति सहभागी रात्रीभोजस्थलमा गोली चलाउने संदिग्ध व्यक्तिबारे हामीलाई के थाहा छ?

राष्ट्रपतिका रूपमा डोनल्ड ट्रम्पले पहिलो पटक सहभागिता जनाइरहेको ह्वाइट हाउस करेसपोन्डेन्ट्स डिनरमा गोली प्रहार भएपछि अमेरिकी सङ्घीय सुरक्षा निकाय एफबीआई र प्रहरी अधिकारीहरूले क्यालिफोर्नियाको टोरेन्स क्षेत्रको एउटा ठेगानामा खोजी कार्य अघि बढाएका छन्।

सुरक्षा खतरालाई ध्यान दिँदै ह्वाइट हाउसबारे समाचार लेख्ने संवाददाताहरूको उक्त वार्षिक कार्यक्रमबाट राष्ट्रपति ट्रम्पलाई उद्धार गरिएको थियो।

त्यसको केही बेरपछि बोल्दै राष्ट्रपति ट्रम्पले सन्दिग्ध व्यक्ति सशस्त्र रहेको र एकभन्दा बढी हतियारसहित पक्राउ परेको जनाएका थिए।

आक्रमणकारीलाई रोक्न सफल भएको भन्दै उनले सुरक्षामा खटिएका सीक्रेट सर्भिसका सदस्यहरूको प्रशंसा पनि गरे।

अधिकारीहरूले आक्रमणको उद्देश्य र पृष्ठभूमिबारे अनुसन्धान भइरहेको उल्लेख गरेका छन्।

हालैका वर्षमा ट्रम्पलाई लक्षित गरेर गोली प्रहार गरिएका वा गोली हान्ने प्रयास गरिएको यो तेस्रो घटना हो।