Skip to content
इरान युद्ध : ट्रम्प ट्यारिफ झेलेको चीनलाई थप दबाव
Politics
Politics·1 min read
Read in

इरान युद्ध : ट्रम्प ट्यारिफ झेलेको चीनलाई थप दबाव

चीनको सबैभन्दा ठूलोमध्येको एउटा उत्पादन केन्द्रको पछिल्तिर एक हुल कामदारहरू रुखमुनि जम्मा भएर चुरोट पिउँदै छन्। अनि ती कारखानाका अग्रभागमा अस्थायी मजदुर चाहिएको विज्ञापन देखिन्छ।

"हाम्रो जीवन कस्तो छ भनेर कसैले बुझ्दैन," नाम बताउन नचाहेका एक पुरुषले बताए।

"हामी कामैकाम, कामैकाम गरिरहन्छौँ। कुनै जीवन छैन। कृपया मद्दत गर्नुहोस्," अर्काले भने। यो कुनै विदेशी पत्रकारसँग गरिएको दुर्लभ र जोखिमपूर्ण अनुरोध थियो।

सस्ता र धेरै परिमाणमा वस्तु उत्पादनबाट अत्याधुनिक स्वचालित प्रविधितर्फ रूपान्तरित हुँदै गरेको चिनियाँ उत्पादन क्षेत्रका चुनौतीसँग झेल्दै घर पठाउन पर्याप्त रकम कमाउन नसक्दा उनीहरू अत्तालिएका सुनिन्छन्।

अनि यो सबै इरानमाथि अमेरिका-इजरेल आक्रमणका कारण विश्व अर्थतन्त्र खलबलिनुअगाडिको स्थिति हो।

गत वर्ष डोनल्ड ट्रम्पले चर्को ट्यारिफ लगाएपछि नै चिनियाँ अर्थतन्त्रले वृद्धिदरमा कमी अनि बेरोजगारीजस्ता समस्या झेलेको थियो। तथापि ती चुनौतीलाई चीनले दृढतापूर्वक सामना गर्दै निर्यात वृद्धि गरायो र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ५ प्रतिशतले विस्तार गरायो। तर असन्तुष्टि निरन्तर थियो।

अनि अब अहिले मध्यपूर्वको द्वन्द्वका कारण लागत, माग तथा रोजगारीमा थप चापसहित ताजा समस्या उत्पन्न भएका छन्।

दक्षिणी ‍औद्योगिक प्रान्त ग्वाङ्डङको फोशानमा चम्किला राता अक्षरमा प्लास्टिकको सामान बनाउने वा मोबाइल फोन जडान गर्नेजस्ता घण्टाको १८ देखि २० युआन (केही डलर) आम्दानी हुने गरी केही हप्ताको कामको विज्ञापन देखिन्छ।