Skip to content
चन्द्रनहर आसपासको जग्गा खाली गर्न सुकुमवासी पहिचान गरिने
Politics
Politics·1 min read
Read in

चन्द्रनहर आसपासको जग्गा खाली गर्न सुकुमवासी पहिचान गरिने

सप्तकोशी नगरपालिकाको फत्तेपुरस्थित चन्द्र नहरको हेडबाँधमा सरोकारवालाहरूको  बैठक बसेर अतिक्रमित जग्गा खाली गराउने तयारीबारे छलफल भएको हो ।

१२ वैशाख, सप्तरी । सप्तरीको चन्द्रनहर क्षेत्रको अतिक्रमित जग्गा खाली गराउन कोशी पम्प चन्द्रनहर सिँचाइ व्यवस्थापन कार्यालयले तयारी अगाडि बढाएको छ ।

सप्तकोशी नगरपालिकाको फत्तेपुरस्थित चन्द्र नहरको हेडबाँधमा सरोकारवालाहरूको  बैठक बसेर अतिक्रमित जग्गा खाली गराउने तयारीबारे छलफल भएको हो ।

उक्त बैठकले पहिलो चरणमा चन्द्रनहरको डिलको क्षेत्र भित्र पर्ने पहिचान भएका १२६ घरटहरा भत्काउने भनेको छ ।

कोशी पम्प चन्द्रनहर सिँचाइ व्यवस्थापन कार्यालय राजविराजले गत चैत १६ गते सार्वजनिक सूचना जारी सात दिनभित्र जग्गा खाली आह्वान गरेको थियो । सो सूचनाअनुसार अतिक्रमण नहटेपछि कार्यालयले सरोकारवालासहितको बैठक बोलाएको हो ।

कोशी पम्प चन्द्रनहर सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख इन्जिनियर वीरेन्द्र यादवले नहर क्षेत्रमा बसेकामध्ये  वास्तविक सुकुमवासी पहिचान गर्ने र १५ दिनभित्र उपयुक्त जग्गा छनौट गर्ने जिम्मा सप्तकोशी नगरपालिकालाई दिइएको छ ।

बैठकमा सप्तरी–१ का प्रतिनिधिसभा सदस्य पुष्पा चौधरी, प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, सप्तकोशी नगरपालिका मेयर कृष्ण ढकाल, चन्द्रनहर सिँचाइ प्रणाली जल उपभोक्ता समितिका अध्यक्ष बद्रीनारायण यादवलगायतको उपस्थिति थियो ।

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित