Skip to content
Nepali Congress is discussing changing its National Assembly parliamentary party leader after Bhishma Raj Angdembe's election. The party'…
newsGlobal.tech
·1 min read
Read in

Nepali Congress is discussing changing its National Assembly parliamentary party leader after Bhishma Raj Angdembe's election. The party'…

काठमाडौँ । नेपाली कांग्रेसको प्रतिनिधि सभा संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्वाचित भएसँगै राष्ट्रिय सभा दलको नेता परिवर्तन गर्ने चर्चा सुरु भएको छ ।

प्रतिनिधि सभा दलको नेताले राष्ट्रिय सभा दलको नेता परिवर्तन गर्न सक्ने नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०८३ मा व्यवस्था भएकाले नयाँ दलको नेता आएपछि परिवर्तन हुने चर्चा परिचर्चा सुरु भएको हो ।

विधानको दफा १२ को ‘राष्ट्रिय सभा संसदीय दलको नेता’ शीर्षकमा ‘संसदीय दलको नेताले पार्टी सभापतिसँगको परामर्श र सहमतिमा पार्टीका राष्ट्रिय सभाका सदस्य मध्येबाट एक जनालाई राष्ट्रिय सभा संसदीय दलको नेता मनोनीत गर्नेछ’ भन्ने उल्लेख छ ।

त्यही आधारमा अहिले राष्ट्रिय सभा दलको नेता रहेका कृष्णप्रसाद सिटौलालाई परिवर्तन गर्न लागिएको भन्ने विषय बाहिर आएको हो ।

तर, नवनिर्वाचित दलको नेता आङ्देम्बेले भने अहिले त्यस्तो कुनै तयारी नभएको प्रतिक्रिया दिए । ‘भर्खर दलको नेता बनेर शुभकामना र बधाई लिइरहेको छु । त्यसबारेमा अहिले केही कुराकानी भएको छैन,’ आङ्देम्बेले रातोपाटीसँग भने ।

सिटौला निवर्तमान संस्थापन पक्षका रहेकाले अहिलेको संस्थापनले हटाउन आङ्देम्बेलाई दबाब दिने रणनीति बनाएको संस्थापनका नेताहरू बताउँछन् ।

संस्थापनका नेताहरू भने सिटौलालाई हटाएर कमला पन्तलाई नेता बनाउने तयारी भएको बताउँछन्। अघिल्लो प्रतिनिधि सभामा दलको नेता रहेका निवर्तमान सभापति शेरबहादुर देउवाले सिटौलालाई राष्ट्रिय सभा दलको नेता तोकेका थिए । पन्त सभापति थापा पक्षकी सांसद हुन्। पन्तका श्रीमान् मधु आचार्य सभापति गगन थापाका विश्वासपात्र हुन्।

यसैबिच प्रतिनिधि सभाको प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निश्कल राईलाई नियुक्त गर्ने तयारी गरिएको बताइएको छ। यद्यपि संसदीय दलको कार्यालयले भने कुनै पनि प्रक्रिया सुरु नभएको बताएको छ।