Skip to content
मधेश प्रदेश: मुख्यमन्त्री बारम्बार फेरिँदा परेको समस्या
Politics
Politics·1 min read
Read in

मधेश प्रदेश: मुख्यमन्त्री बारम्बार फेरिँदा परेको समस्या

मधेश प्रदेशमा २०७८मा दोस्रो प्रदेशसभा गठन भए यता हालसम्म चार जना मुख्यमन्त्री फेरबदल भइसकेका छन्।

राजनीतिक अस्थिरताले मधेश प्रदेशका विकास योजना तथा 'प्रदेश गौरव' भन्दै सुरु गरिएका महत्त्वपूर्ण आयोजनाहरू अलपत्र वा बन्द अवस्थामा पुगेका छन्।

प्रादेशिक संरचना सुरु भएपछिको पहिलो कार्यकालमा मुख्यमन्त्री लालबाबु राउतले पाँच वर्ष सरकार चलाउन पाएका थिए।

राउतले महिलाकेन्द्रित विभिन्न कार्यक्रम ल्याएका थिए।

प्रदेश गौरवको आयोजनाका रूपमा 'बेटी बचाऊ, बेटी पढाऊ' अभियान, विद्यालय जाने बालिकालाई साइकल वितरण, छोरी जन्मिँदा निःशुल्क बिमा, छुवाछुतविरुद्धको ऐन जस्ता योजना ल्याइए।

पूर्व मुख्यमन्त्री राउत भन्छन्, "बेटी पढाऊ, बेटी बचाऊ योजना पहिले छोरीलाई शिक्षित गर्नुपर्‍यो भनेर ल्याइएको थियो। छोरी बिमा कार्यक्रममा जन्मेका छोरीलाई तीन लाख रुपैयाँको बिमा गर्ने व्यवस्था गर्यौँ । यसले भ्रूण हत्या कम गर्न र छोरी जन्मिँदा दुखी होइन, खुसी मनाउने अभियान चलाउने अवस्था ल्याउन खोज्यौँ।"

"सुरुदेखि नै मेरो मान्यता महिलाप्रतिको विभेद अन्त्य गर्ने थियो। यी योजना समाजको दृष्टिकोण सकारात्मकतर्फ लैजाने खालका थिए," उनी भन्छन्।

तर 'बेटी बचाऊ, बेटी पढाऊ' अन्तर्गत वि.सं. २०७९ मा खरिद गरिएका साइकलमा भ्रष्टाचार भएको पुष्टि भएपछि कार्यक्रम रोकियो। ती साइकलहरू अहिले पनि जनकपुर चुरोट कारखानाको खण्डहर गोदाममा थन्किएर खिया लागिरहेका छन्।

'बेटी बचाऊ, बेटी पढाऊ' अन्तर्गत छोरी शिक्षा बिमा कार्यक्रम पनि ओझेलमा परेको छ।