Skip to content
Lebanon and Israel clash despite ceasefire; 14 dead in Israeli strikes, 1 Israeli soldier killed in Hezbollah drone attack. Tensions rise.
Politics
Politics·1 min read
Read in

Lebanon and Israel clash despite ceasefire; 14 dead in Israeli strikes, 1 Israeli soldier killed in Hezbollah drone attack. Tensions rise.

काठमाडौँ । लेबनान र इजरायलबिच जारी युद्धविरामका बावजुद आइतबार इजरायली सैन्य कारबाहीमा परी लेबनानमा कम्तीमा १४ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मृतकहरूमा दुई बालबालिका र दुई महिला समेत रहेका छन् भने ३७ जना घाइते भएका छन् ।

इजरायली रक्षा बलले दक्षिण लेबनानका केही गाउँहरू तत्काल खाली गर्न चेतावनी दिएलगत्तै ‘आर्टिलरी र हवाई’ आक्रमण सुरु गरेको थियो । इजरायलले हिजबुल्लाहका लडाकु र सैन्य स्थलहरूले इजरायली सैनिकमाथि आक्रमण गर्ने तयारी गरेको दाबी गर्दै सो क्षेत्रलाई लक्षित गरेको जनाएको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हिजबुल्लाहले युद्धविरामको उल्लंघन गरिरहेको आरोप लगाउँदै इजरायलले आत्मरक्षा र तत्काल खतरालाई निष्क्रिय पार्न कडा कदम चालिरहेको बताए । नेतन्याहुका अनुसार इजरायलले अमेरिका र लेबनानसँग भएको सम्झौताको नियमभित्रै रहेर कारबाही गरिरहेको छ ।

यसैबिच, हिजबुल्लाहको ड्रोन आक्रमणमा परी लेबनानमा १९ वर्षीय एक इजरायली सैनिकको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। इजरायलले आफ्नो सीमातर्फ आएका हिजबुल्लाहका तीनवटा ड्रोनहरूलाई आकाशमै खसालिदिएको समेत दाबी गरेको छ ।

दुवै देशबिच अप्रिल १६ मा लागू भएको युद्धविराम हालै तीन हप्ताका लागि थपिएको थियो। तर दुवै पक्षले एक–अर्कालाई सम्झौता उल्लंघनको आरोप लगाउँदै आएका छन्। यसअघि शनिबार भएको आक्रमणमा पनि दक्षिण लेबनानमा ६ जनाको मृत्यु भएको थियो ।

यसैबिच, क्षेत्रीय तनाव कम गर्न कूटनीतिक प्रयासहरू पनि जारी छन्।

Bakhundole, Lalitpur01-5010630, 01-5010671[email protected][email protected][email protected][email protected]

© 2026 Copyright Ratopati News Network | All rights reserved.

स्रोतहरू खुलाइएका बाहेक रातोपाटीमा प्रकाशित सम्पूर्ण सामग्रीहरू रातोपाटी न्युज

नेटवर्कका सम्पत्ति हुन् ।