१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
भारत र चीनले नेपाली भूमि लिपुलेकलाई व्यापारिक नाकाका रूपमा प्रयोग गर्ने सहमति गरेसँगै नेपालले कूटनीतिक नोटमार्फत दुवै देशसमक्ष आफ्नो असहमति प्रकट गरेको छ । कूटनीतिक मामिलाका जानकार भने यो विवादलाई कूटनीतिक माध्यमबाटै समाधानका लागि पहल गर्नुपर्नेमा जोड दिन्छन् ।
२. महाधिवेशन गर्न असफल भ्रातृ संगठन विघटन गर्यो कांग्रेसले
नेपाली कांग्रेसले महाधिवेशन गर्न असफल आफ्ना भ्रातृ संगठन विघटन गरेको छ । सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तोकिएको समयसीमाभित्र महाधिवेशन गर्न नसक्ने र अधिवेशनको आधारसमेत नदेखिएका भ्रातृ संगठनका केन्द्रीय समिति स्वतः विघटन भएको ठहर गरेको हो ।
३. सरकारले फेरि पठायो संवैधानिक परिषदसम्बन्धी अध्यादेश
सरकारले संवैधानिक परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाएको छ । राष्ट्रपतिले फिर्ता पठाएको भोलिपल्टै सरकारले फेरि उक्त अध्यादेश जारी गर्न सिफारिस गरेको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर तथा कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार छापा मारेको छ ।