Skip to content
सबैको अन्तरमनमा करुणाको दीप बलोस् : केपी ओली
newsGlobal.tech
·1 min read
Read in

सबैको अन्तरमनमा करुणाको दीप बलोस् : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजभन्दा करिब २६५० वर्षअघि आजकै दिन मानव इतिहासले करुणाको उज्यालो देखेको बताएका छन् ।

बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले शान्तिका अग्रदूत सिद्धार्थ गौतमले आजकै दिन बोध प्राप्त गरेको र बुद्धलाई मानव सभ्यताले प्राप्त गरेको बताएका छन् ।

‘२५७० वर्षअघि यही दिन उहाँ महापरिनिर्वाणमा विलीन हुनुभयो । गौतम बुद्धको जन्म, बोधी र महापरिनिर्वाणको यस पावन दिनमा हाम्रो देशभित्र र संसारका सबै देश–देशबिच परस्पर शान्ति, सहिष्णुता र मैत्रीभावको कामना गर्दछु’, ओलीले भनेका छन्, ‘मानव सभ्यतालाई सत्य, अहिंसा, करुणा र शान्तिको मार्गतर्फ डोर्‍याउने शाश्वत सन्देश प्रवाह गर्ने यस दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

उनले यस अवसरमा सबैको अन्तर्मनमा करुणाको दीप बलोस् भन्ने शुभकामना दिएका छन् ।

Bakhundole, Lalitpur01-5010630, 01-5010671[email protected][email protected][email protected][email protected]

© 2026 Copyright Ratopati News Network | All rights reserved.

स्रोतहरू खुलाइएका बाहेक रातोपाटीमा प्रकाशित सम्पूर्ण सामग्रीहरू रातोपाटी न्युज

नेटवर्कका सम्पत्ति हुन् ।