हटाइएका सुकुमबासीलाई अस्थायी रूपमा पाँच ठाउँमा राखिने
काठमाडौँ । सरकारले काठमाडौँका विभिन्न ठाउँबाट हटाएका सुकुमबासीहरुलाई विवरण सङ्कलनपछि तत्कालका लागि पाँच स्थानमा राखिने भएको छ ।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार तत्कालका लागि पाँच स्थानमा राख्न लागिएको जानकारी दिइन् ।
‘ललितपुरको धापाखेलस्थित टेवा कार्यालय, भक्तपुरको खरिपाटीस्थित विद्युत् तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र र काभ्रेको बनेपास्थित रेडक्रस भवनमा व्यवस्थापन गर्ने तयारी भएको छ’, दाहालले जनाकारी दिएकी छन् ।
सरकारले काठमाडौंको थापाथली, शंखमुल, मनोहरा, सिनामंगल बल्खु, बालाजु र वंशीघाट क्षेत्रमा बसोबास गरिरहेकाहरूलाई हटाउँदै आएको छ ।
उनीहरूको व्यवस्थापन र लागत संकलनका लागि दशरथ रंगशालामा सहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौँ उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगर प्रहरीको संयुक्त टोली खटिएको सरकारले जनाएको छ ।
Bakhundole, Lalitpur01-5010630, 01-5010671[email protected][email protected][email protected][email protected]
© 2026 Copyright Ratopati News Network | All rights reserved.
स्रोतहरू खुलाइएका बाहेक रातोपाटीमा प्रकाशित सम्पूर्ण सामग्रीहरू रातोपाटी न्युज
नेटवर्कका सम्पत्ति हुन् ।