Politics
Read in
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारले पुनः पठाएपछि जारी गर्ने राष्ट्रपतिको तयारी
वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली सरकारले दोस्रो पटक यथास्थितिमै अध्यादेश पठाएपछि राष्ट्रपतिले रोक्न नमिल्ने संविधानको मर्म रहेको बताउँछन् ।
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार फिर्ता पठाएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश सरकारले कुनै परिवर्तन नगरी पुनः राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यथास्थितिमै अध्यादेश पुनः पठाउने निर्णय गरेको हो । शीतल निवास स्रोतका अनुसार साँझ मात्रै अध्यादेश प्राप्त भएकाले त्यसको अध्ययन गरेर जारी हुने सम्भावना छ ।