newsGlobal.tech
·1 min read
Read in
भ्रष्टाचार मुद्दामा मुछिएका पूर्वअर्थमन्त्री महतको स्वास्थ्य अवस्था बुझ्न आदेश
विशेषमा महतले आफू स्वास्थ्य समस्यामा रहेको भनी निवेदन दिएपछि उनको मेडिकल परीक्षण रिपोर्ट बुझ्ने आदेश गरेको हो ।
काठमाडौँ — विशेष अदालतले भ्रष्टाचार मुद्दामा मुछिएका पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता रामशरण महतको निवेदनमा स्वास्थ्य अवस्था बुझ्न आदेश गरेको छ । विशेषमा महतले आफू स्वास्थ्य समस्यामा रहेको भनी निवेदन दिएपछि उनको मेडिकल परीक्षण रिपोर्ट बुझ्ने आदेश गरेको हो । न्यायाधीशहरु नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले यस्तो आदेश गरेको हो ।