Skip to content
कांग्रेस संसद समन्वय बोर्डको पहिलो बैठक मंगलबार बस्ने
Politics
Politics·1 min read
Read in

कांग्रेस संसद समन्वय बोर्डको पहिलो बैठक मंगलबार बस्ने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दल अन्तर्गत नवगठित संसद समन्वय बोर्डको पहिलो बैठक मंगलबार बस्ने भएको छ । ललितपुरको बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो ३ बजे बैठक आह्वान गरिएको हो ।

संसदीय दलको विधान (संशोधन र परिमार्जन सहित, २०८३) को धारा २१ बमोजिम गठन भएको यस बोर्डको यो पहिलो औपचारिक बैठक भएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै जानकारी दिए ।

बैठकमा संसदीय गतिविधि र दलको समन्वयकारी भूमिकाबारे छलफल हुने बुझिएको छ।

Bakhundole, Lalitpur01-5010630, 01-5010671[email protected][email protected][email protected][email protected]

© 2026 Copyright Ratopati News Network | All rights reserved.

स्रोतहरू खुलाइएका बाहेक रातोपाटीमा प्रकाशित सम्पूर्ण सामग्रीहरू रातोपाटी न्युज

नेटवर्कका सम्पत्ति हुन् ।