Skip to content
काभा महिला भलिबल च्याम्पियनसिप : सेमिफाइनलको प्रतिक्षा
Sports
Sports·1 min read
Read in

काभा महिला भलिबल च्याम्पियनसिप : सेमिफाइनलको प्रतिक्षा

सेमिफाइनल खेल्ने चार टोलीको टुंगो लागिसक्दा समुह चरणका खेलहरू अझै बाँकी नै छन् । बाँकी टिमहरू वरियता निर्धारणका लागि खेल हुने भएकाले सेमिफाइनल १४ जेठमा मात्र हुनेछ, समर्थकहरू त्यसकै प्रतिक्षामा छन् ।

१२ जेठ, काठमाडौं । काठमाडौंमा भइरहेको काभा महिला भलिबल च्याम्पियनसिपमा समूह चरणको खेलहरु पूरा भएपछि सेमिफाइनल समिकरण पूरा भइसकेको छ ।

सेन्ट्रल एसियाको ८ टिम समावेश यस प्रतियोगितामा समूह ए बाट भारत समूह विजेता र नेपाल उपविजेता तथा समूह बी बाट इरान समूह विजेता र काजखस्तान समूह उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका छन् ।

मंगलबार भएको समूह चरणको खेलमा भारतले कीर्गिस्तानलाई तथा इरानले कजाखस्तानलाई सोझो सेटमा पराजित गरेपछि सेमिफाइनल पुग्ने चारै टोलीको टुङ्गो लागेको हो ।

अब सेमिफाइनलमा समूह ए को विजेता भारतले समूह बी को उपविजेता कजाखस्तानसँग खेल्नेछ भने समूह ए को उपविजेता बनेको घरेलु टोली नेपालले समूह बी को विजेता इरानको सामना गर्नेछ ।

समूह ए मा भारतले तीनै खेल जित्दै ८ अंक जोड्यो । भारतले नेपाल विरुद्धको खेल पाँच सेटमा जित्दा अंक बाँड्नुपरेको थियो । नेपाल दुई जित र १ हारसहित ७ अंक जोडेर दोस्रो स्थानमा रह्यो । यस्तै कीर्गिस्तानले १ जितबाट ३ अंक जोड्दै तेस्रो र तीनै खेल हारेको माल्दिभ्स अंकविहीन हुँदै चौथोमा रह्यो ।

यस्तै समूह बी मा इरानले कजाखस्तान, श्रीलंका र बंगलादेशलाई समान ३-० को सेटमा पराजित गर्दै ९ अंक जोडेर पहिलो स्थानमा रह्यो । कजाखस्तानले २ जितबाट ६ अंक जोडेर दोस्रो भयो । श्रीलंकाले एक खेल जित्दा २ खेलमा पराजित भयो र ३ अंक जोड्यो । सबै खेल हारेको बंगलादेश अंकविहीन रह्यो ।