Politics
Read in
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा विगतको आफ्नै कदमले राष्ट्रपतिलाई सकस
दुवै सदनले पारित गरेर पठाएको उस्तै प्रावधानको विधेयक संसद्मै फिर्ता गरेको र सुशीला कार्की नेतृत्वको सरकारले सिफारिस गरेको त्यस्तै अध्यादेश पनि जारी नगरेकाले अहिले दुविधामा राष्ट्रपति।
काठमाडौँ — मन्त्रिपरिषद्बाट सिफारिस गरिएका अध्यादेशहरू धमाधम जारी गरिरहेका राष्ट्रपति रामचन्द्र पौडेल संवैधानिक परिषद् ऐन संशोधन गर्ने अध्यादेशले भने सकसमा परेका छन् । पहिले ‘होल्ड’ गरिएको अध्यादेशकै प्रावधानसँग मिल्दोजुल्दो व्यवस्था राखेर फेरि अध्यादेश सिफारिस गरिएका कारण जारी गर्ने कि नगर्ने भन्ने असमञ्जसमा राष्ट्रपति परेका हुन् ।