Skip to content
बालेन लक्षित पूर्वगृहमन्त्री अर्यालको टिप्पणी : साहस र दुस्साहस छुट्याउनुपर्दछ
Politics
Politics·1 min read
Read in

बालेन लक्षित पूर्वगृहमन्त्री अर्यालको टिप्पणी : साहस र दुस्साहस छुट्याउनुपर्दछ

काठमाडौँ । पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले बालेन शाह सरकार लक्षित टिप्पणी गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै अर्यालले प्रधानमन्त्री शाहको कामकारबाहीलाई लक्षित गर्दै टिप्पणी गरेका हुन् । अर्यालले साहस के हो र दुस्साहस के हो ? भन्ने छुट्याउनुपर्ने बताए।

उनले दुस्साहस आत्मघाती हुने भएकोले त्याग्नुपर्ने बताए।

देशमा विधिको शासनसहितको समन्यायिक सन्तुलन कायम रहनुपर्नेमा उनले जोड दिए । मुलुक, मानवता र संविधानमा क्षति पुग्न नहुने समेत बताए ।

अहिले सरकारले सुकुमबासी बस्ती हटाइरहेको छ । व्यवस्थापन बिना नै बस्ती हटाइएको भन्दै विरोध समेत भइरहेको छ।

Bakhundole, Lalitpur01-5010630, 01-5010671[email protected][email protected][email protected][email protected]

© 2026 Copyright Ratopati News Network | All rights reserved.

स्रोतहरू खुलाइएका बाहेक रातोपाटीमा प्रकाशित सम्पूर्ण सामग्रीहरू रातोपाटी न्युज

नेटवर्कका सम्पत्ति हुन् ।