Politics
Read in
भगौलिक अखण्डता संरक्षणका लागि प्रभावकारी कूटनीतिक पहल गर्न कांग्रेसको आग्रह
सीमाजस्तो संवेदनशील विषयमा दलगत स्वार्थ र राजनीतिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा कांग्रेसले जोड दिएको छ ।
काठमाडौं — कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकले लिपुलेक–लिम्पियाधुरा–कालापानी क्षेत्रबारे भारत र चीनबीच भएको सहमतिप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको संरक्षणका लागि प्रभावकारी कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गरेको छ ।